स्पेनिस लिगमा एथ्लेटिको मड्रिडको अपराजित यात्रा तोडियो, रियाल बिजयी

news-details

स्पेनिस लिग फुटबलमा साविक विजेता रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई हराएको छ ।

रियाल मड्रिडको मैदानमा गएराति भएको मड्रिड डर्बीमा लिग लिडर एथ्लेटिको २–० ले पराजित भयो ।

खेलमा रियालका कासेमिरोले एक गोल गर्दा एथ्लेटिकोका गोलरक्षक यान ओब्लाकले एक आत्माघाति गोल गरे ।

जितसँगै ला लिगा अंक तालिकाको तेस्रो स्थानमा रहेको रियाल मड्रिडले शिर्ष स्थानको एथ्लेटिकोसँगको दुरी ३ अंकमा सिमित गरेको छ ।

ला लिगाकै अन्य खेलहरुमा सेभियाले गेटाफेलाई १–० ले हराउँदा हुएस्काले आलाभेजमाथि १–० कै जित निकालेको छ ।

यसैगरी भ्यालेन्सिया र एथ्लेटिक बिल्बाओले २–२ गोलको बराबरी खेलेका छन् ।

एजेन्सी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया