प्याट्रियटसविरुद्धको खेलमा सन्दीपले लिए दुई विकेट, जमैका तलवाज विजयी
- भदौ १४, २०७७
- 0
नेपाली स्पीनर सन्दीप लामिछानेआबद्ध जमैका तलवाज क्यारेबियन प्रिमियर लिग सिपिएलअन्तर्गत गएराति भएको खेलमा विजयी भएको छ ।
ट्रीनिड्याड एन्ड टोबेगोमा जारी सीपीएलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई तलवाजले ३७ रनले पराजित गर्न सफल भयो ।
जमैकाले प्याट्रियटससमक्ष १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो तर सेन्ट किट्स १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १० रनमा अल आउट भयो । १२ औं ओभरमा बलिङमा आएका सन्दीपले भने हिजोको खेलमा पनि राम्रो प्रदर्शन गरे ।
आफ्नो पूर्व क्लब समेत रहेको प्याट्रियटसविरुद्धको खेलमा सन्दीपले दुई विकेट लिए । ६ अंकका साथ जमैका तलवाज हाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
हालसम्म खेलेका ६ खेलमध्ये ३ खेलमा तलवाज विजयी भएको छ भने तीनमा पराजय बेहोरेको छ। तलवाजले आगामी खेल ट्रिनब्यागो नाइट राइडर्सविरुद्ध खेल्नेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










