पिएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश
- साउन २९, २०७७
- 0
पुनरागमन गरी अन्तिम समयका दुई गोलको सहयोगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिस्बोनमा बुधबार राति भएको क्वाटरफाइनलमा इटालियन क्लब एट्लान्टामाथि २–१ को जित निकाली फ्रेन्च क्लब पिएसजीले अन्तिम चारमा स्थान बनाएको हो ।
मारिओ पासालिकले २६ औँ मिनेटमा गोल गरी एट्लान्टालाई सुरुवाति अग्रता दिलाएका थिए । लगभग हाल नजिक पुगेको पिएसजीले खेलको अन्तिम समयमा शानदार पुनरागमन गरेको हो ।
९० औँ मिनेटमा मार्किन्होसले पिएसजीका लागि बराबरी गोल गरे । उनको गोलका लागि नेइमारले सहयोग गरेका हुन् ।
त्यसको तीन मिनेटपछि अर्थात इन्जुरी समयको तेस्रो मिनेटमा केलियन एमबाप्पेको सहयोगमा एरिक म्याक्सिमले गोल गरेर पिएसजीलाई जित दिलाए ।
जितसँगै पिएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पिएसजीले आउँदो मंगलबार सेमिफाइनलमा आरबी लेइप्जिग वा एथ्लेटिको मड्रिडको सामना गर्ने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










