पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
- रोजगारमञ्च
- मंसिर २४, २०७६
- 0
भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले हात पारेको छ । साग फुटबलमा नेपालले भुटानलाई हराउँदै स्वर्ण पद पक्का गरेको हो ।
मंगलबार भएको फाइनल खेलमा नेपालले भुटानलाई २(१ गोल अन्तरले हराएपछि नेपाल लगातार दोश्रो पटक स्वर्ण विजेता बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।
खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २(१ को जितसँगै स्वर्ण जितेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










