आइसिसी एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झर्यो
- भदौ ६, २०७६
- 0
इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)को नयाँ एकदिवसीय वरियतामा नेपाल १ स्थान तल झरेको । यसअघि १५ औं स्थानमा रहेको नेपाल एकस्थान तल झरेर १६ औ स्थानमा पुगेको छ ।
नेपाल १९ रेटिङ र १५२ अंकसहित १६ औं स्थानमा रहेको छ। तालिकामा इङ्ग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ भने भारत, न्युजिल्याण्ड र अस्ट्रेलिया क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।
यता टी-२० तर्फ भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ। नेपालको २०१ रेटिङसहित २८१८ अंक छ। टी-२० वरियतामा पाकिस्तान शीर्षस्थानमा रहेको छ । त्यस्तै, इङ्ल्याण्ड, दक्षिण अफ्रिका र भारत क्रमश दोश्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










