म्यानचेष्टर सिटीद्वारा लगातार दोस्रो पटक प्रिमियर लिगको उपाधि रक्षा
- दिवश निरौला/रोजगारमञ्च
- बैशाख ३०, २०७६
- 0
आइतबार राति भएको खेलमा म्यानचेष्टर सिटीले ब्राइटनलाई ४–१ गोलको अन्तरले हराउँदै लगातार दोस्रो सिजन उपाधि रक्षा गर्न सफल भएको छ ।यससँगै म्यानचेष्टर सिटी प्रिमियर लिगको इतिहासमा लगातार उपाधि जित्ने म्यानचेष्टर युनाइटेड र चेल्सीपछि तेस्रो क्लब बनेको छ भने पेप ग्वार्डिओला लगातार लिगको उपाधि जित्ने दोस्रो म्यानेजर बनेका छन् ।
ब्राइटनको घरेलु मैदानमा भएको खेलमा ब्राइटनले २७ औं मिनेटमा मुर्रेको गोलबाट अग्रता लिएको थियो । तर, त्यसको एक मिनेटपछि नै सर्जिओ एग्युरोले बराबरी गोल फर्काएका थिए ।
३८ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई अग्रता दिलाए भने ६३ औं मिनेटमा महरेजले तथा ७२ औं मिनेटमा गुन्डोगोनले गोल गर्दै उपाधि सुनिश्चित गरे ।
यससँगै उपाधीको अर्का दोबेदार लिभरपुलले भने दोस्रो स्थानमा चित्त बुझाउनुपरेको छ ।













