लिग कप फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई
- फाल्गुन १३, २०७५
- 0
काठमाडौं । म्यानचेस्टर सिटीले लिग कप फुटबल अर्थात् काराबाओ कप फुटबलको उपाधि जितेको छ । चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर सिटीले लिग कप फुटबलको उपाधी हात पारेको हो ।
आइतबार राति भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिटी ४–३ ले विजयी भयो । सिटीले छैटौं पटक लिग कपको उपाधि जितेको हो ।
सिटीका लागि सर्जियो अगुएरो, इल्काए गुन्डोगन, बर्नार्डो सिल्भा र रहिम स्टरलिङको प्रहार गोल भयो । चेल्सीका एमर्सन, सेजार एज्पिलीक्वेटा र इडेन हाजार्डले गोल गर्दा जोर्जिन्होको प्रहार एडरसनले बचाए । डेविड लुइजको प्रहार पोस्टमा लाग्नु दुर्भाग्य सावित भयो ।
सिटीले यसअघि सन् २०१६ मा पनि लिभरपुललाई टाइब्रकेरमा पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगिताको इतिहासमा लिभरपुलले सर्वाधिक ८ पटक यो उपाधि जितेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










