प्रि–सिजनको पहिलो खेलमा बार्सिलोना विजयी

news-details

स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामलाई हराएको छ । प्रि–सिजन टुरमा अमेरिकामा रहेका दुई टोलीबीच इन्टरनेशन च्याम्यिनकप अन्तर्गतको खेलमा बार्सिलोनाले टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराएको हो ।

प्रिसिजनको पहिलो खेलमा जित दर्ता गर्ने क्रममा बार्सिलोनाले पेनाल्टी सुटआउटमा टोटनह्यामलाई ५–३ गोलले हराएको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले २–२ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

खेलको १५ औं मिनेटमा रफिन्हाको पासमा मुनिरले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २९ औं मिनेटमा रफिन्हाकै पासमा आर्थरले गोल गरेपछि बार्सिलोनाले दुई शुन्यको अग्रता बनायो । यही सिजन ब्राजिलबाट बार्सिलोना आएका आर्थरले पहिलो खेलमै गोल गरेका हुन् ।

पहिलो हाफमा २–० ले अगाडी रहेको बार्सिलोना माथि दोस्रो हाफमा टोटनह्यामले २ गोल गर्यो । ७३ औं मिनेटमा ससुन ह्युङ मिन र ५७ औं मिनेटमा कोउडुले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल पेनाल्टीमा धकेलियो । पेनाल्टीमा बार्सिलोनाले ५ गोल गर्दा टोटनह्यामले ३ गोल गरेको थियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया