तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु
- मंसिर २८, २०७७
- 0
तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।
स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा घटना भएको हो ।
घटनामा परेर सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी ८ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो ।
हिजो दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लागिएको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










