तीन वर्षअघि नाबालकलाई विष खुवाएर फरार महिला पक्राउ
- अशोज २१, २०७७
- 0
विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
ज्यान मार्ने उद्योग कसुरमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले विसं २०७४ भदौ २० गतेको फैसला अनुसार पाँच वर्ष कैद सजाय तोेकेको थियो । अदालतले कैद तोकेपछि चन्द फरार रहेकी थिइन् ।
पक्राउ परेकी चन्दलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
-रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










