हाेटेल मालिकसहित बलात्कार काण्डमा चार जना पक्राउ
- भदौ २५, २०७७
- 0
कैलाली जिल्लामा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ ।
धनगढी उपमहानगरपालिका-४ सहिदगेटस्थित डडेल्धुरा होटलबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।
पक्राउ पर्नेहरूमा उक्त होटलका संचालक कञ्चनपुर भीमदत्त नगरपालिका-९ घर भएका २० वर्षीय सञ्जु पाल, डडेल्धुरा अमरगढी नगरपालिका-१ बस्ने २० वर्षीय हेमन्त दियाल, डडेल्धुरा नवदुर्गा गाउँपालिका-२ बस्ने २४ वर्षीय दीपक भट्ट र डडेल्धुरा अजयमेरु गाउँपालिका-१ बस्ने २१ वर्षीय टंक धामी रहेका छन् ।
उक्त होटलमा महिलालाई जबरजस्ती करणी गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










