शनिबार दिनभर बर्षा, आइतबारदेखि मौसम सुधार हुने अनुमान
- जेष्ठ २४, २०७७
- 0
देशका अधिकांश भागसहित काठमाडौं उपत्यकामा पनि शनिबार दिनभर बर्षा हुने मौसमविदले जनाएका छन् । अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि जारी झरी शनिबार पनि रह्यो ।
अहिले काठमाडौं उपत्यकासहित प्रदेश २, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र देशका अन्य धेरै स्थानमा बर्षा भइरहेको छ । यो क्रम आइतबारदेखि सुधार हुने बताइएको छ ।
मौसमविद मिन कुमार अर्यालले आज काठमाडौं उपत्यकाको आकाश खुल्ने सम्भावना कम रहेको बताएका छन् ।
अरेबियन सागरमा निसर्ग चक्रवात विकसित भएको निम्न चापिय प्रणालीको असर बाँकी नै छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










