असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
- कार्तिक ७, २०७६
- 0
प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहिबार अपरान्ह अजरबैजान प्रस्थान गरेका छन् ।
आगामी शुक्रबार र शनिबार बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको टोली अजरबैजान गएको हो ।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत पनि बाकु प्रस्थान गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनमा सहभागी हुन यसअघि नै बाकु पुगिसकेका छन् ।
प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्किने कार्यक्रम छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










