चितवनको देवघाटमा अष्टधातुबाट शिवमूर्ति बनाइदै, आर्थिक सहयोग जुटाउन पशुपतिमा महायज्ञ
- बैशाख २, २०७६
- 0
चितवनको देवघाटधाममा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि धातु र आर्थिक सहयोग सङ्कलन गर्न काठमाडौंको पशुपतिमा महायज्ञ सुरू भएको छ ।
शिवको मूर्तिसहित जमीनमुनि पूजाकोठा र धार्मिक सङ्ग्रहालय, यात्रु विश्रामगृह, उद्यानसहितको आकर्षक संरचना निर्माणका लागि झण्डै आठ करोड लाग्ने भएकाले अर्थ र धातु सङ्कलनका लागि महायज्ञ थालिएको आयोजक देवघाट संरक्षण प्रतिष्ठानले जनाएको छ ।
वैशाख ११ गतेसम्म चल्ने उक्त महायज्ञको आइतबार पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले उद्घाटन गरे । उनले विश्वकै हिन्दूहरूको आस्थाको केन्द्र देवघाटधाममा अष्टधातुबाट निर्माण हुने शिवमूर्तिले सो क्षेत्रको गौरव र गरिमा बढाउने धारणा राखे ।
तीन वर्षमा निर्माण सक्ने गरी देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










