काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा मंगलबार पनि वर्षा हुने
- चैत्र १२, २०७५
- 0
काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा मंगलबार पनि पानी पर्ने सम्भावना रहेको छ ।
देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहितको हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहितका स्थानमा सोमबार साँझ र मंगलबार बिहान पनि पानी परेको छ । पहाडी क्षेत्रमा अझै पानी पर्न सक्ने मौसमविदको भनाई छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










