खुलामञ्चमा सारिएको पुरानो बसपार्क चार दिन बन्द
- भदौ १२, २०७५
- 0
काठमाडौँ । पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।
वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।
अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था मिलाइएको उनले बताए ।
यसैगरी चावहिल, बौद्ध, साँखु, थानकोट, कीर्तिपुर, दक्षिणकालीलगायतका ठाँउबाट आउने सवारीसाधनलाई रत्नापार्कमा यात्रु आराल्ने तथा बसाउने व्यवस्था मिलाइएको छ ।
रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










