विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट
- साउन २७, २०७५
- 0
मोरङ– विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको हो ।
बम विष्फोटबाट कार्यलय भवनको केही सिसा फुट्नुकासाथै सोफामा पनि क्षति भएको मोरङका एसपी मनोज केसीले बताए । उनका अनुसार भवनको प्यासेजमा विष्फोट भएको हो ।
बमको छर्राले को १ झ ४९४ नम्बरको सरकारी गाडीमा समेत क्षती पुगेको छ । अनुसार विष्फोटबाट कुनै मानवीय क्षती भने भएको छैन ।
मोरङ प्रहरीका अनुसार बम कसले र किन राखेको भन्ने अनुसन्धान भइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










