‘इन्काउन्टर’मा मारिएका मृतकका परिवारले दिए मानव अधिकार आयोगमा उजुरी
- साउन २३, २०७५
- 0
सिन्धुपाल्चोक ज्यामिरेका ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्यामा संलग्न भन्दै भक्तपुर ‘इन्काउन्टर’मा मारिएका अजय तामाङ र गोपाल तामाङका परिवार राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् ।
आज दुवैका परिवारले गैर न्यायिक हत्या भएको भन्दै आयोगमा उजुरी दिएका हुन् । ‘घटनाको निष्पक्ष छानबिन होस् भनी आयोगमा उजुरी बुझाएका छौं,’ गोपालका भाई गोपी तामाङले भने।
अपहरणकारी तामाङद्वयको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा इन्काउन्टरमा मृत्यु भएको दाबी गरेको छ । मृतकका परिवारले भने प्रहरीले कोठाबाट समातेर लगेर हत्या गरेको आरोप लगाउँदै आएका छन् । उनीहरुले घटनाको निष्पक्ष छानबिन नभएसम्म मृतकको शव नबुझ्ने अडान राख्दै आएका छ । दुवैको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










