आज साउन १५ अर्थात खीर खाने पर्व
- साउन १५, २०७५
- 0
साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । यसैक्रमा मङ्गलबार घर-डेरामा खीर तयार गरेर भोजन गरिँदैछ । यसरी खीर तयार गर्न नभ्याउनेले रेष्टुँरातिरै तयार भएको खीर खाएर यो दिनको स्मृति गर्ने चलन छ । असार १५ मा दही च्यूरा खाएपछि साउन १५ मा खीर खाने उहिल्यैदेखि चलन चल्दै आएको छ ।
असारमा सकिएको रोपाइँ साउनमा गोडमेल गर्ने गरिन्छ । यसै सन्दर्भमा नरिबल, काज,ु दाख, मरिचसहित तयार भएको खीर खाएर शरीरलाई ऊर्जामय बनाउने गरिन्छ । वैद्यराज सुवर्ण वैद्यका अनुसार खीर भोजनले शरीरमा ऊर्जाका साथै यो मौसममा कफ, पित्त र वायुको अवस्था ठीक राख्न मद्दत गर्छ ।
असार १५ का रोपाहार र पर्ममा आएकालाई खीर खुवाउनुपर्छ भनिन्छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










