रुुकममा जिप दुर्घटना, ४ जनाको मृत्यु
- साउन २, २०७५
- 0
पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा बुधबार भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
लु १ ज २५७३ नम्बरको जिप दुर्घटना हुँदा पुथाउत्तरगंगा गाउँपालिकाका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचनको मृत्यु भएको हो ।
दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । उनीहरुको रुकुमकोटमा उपचार भइरहेको छ । जीप धौलापैरा भन्ने स्थानमा दुर्घटना भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










