नेपाल एयरलाइन्समा जागिरको अवसर
- फाल्गुन १०, २०७५
- 0
नेपाल एयरलाइन्सले विभिन्न पदमा १६५ जनाको लागि विज्ञापन प्रशान गरेको छ । रिक्त रहेका पदमा पूर्तिका लागि खुल्ला देखि आरक्षणसम्मका कोटामा एयरलाइन्सले विज्ञापन निकालेको हो ।
एयरलाइन्सले प्राविधिकदेखि प्रशासनसम्मका पदमा विज्ञापन माग गरेको हो ।
एयरलाइन्सले आज प्रकाशित गरेको विज्ञापनअनुसार प्रशासन समूहमा, पाइलटतर्फ सिनियर क्याप्टेन र जुनियर क्याप्टेन, इन्जिनियर, सिनियर को पाइलट, जुनियर कोपाइलटको माग गरेको छ ।
लामो समयदेखि पाइलट अभावमा नियमित जहाज उडान नसकिरहेको सरकारी स्वामित्वको एयरलाइन्सले पाइलटको माग गर्दै विज्ञापन आव्हान गरेको छ ।
यसअघि विज्ञापन निकाल्दा एयरलाइन्सले पाइलटमा पर्याप्त आवेदन नै पाएको थिएन ।
हेर्नुहोस सूचना

0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








