संवैधानिक परिषद्द्वारा संवैधानिक अंगका रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान
- भदौ ५, २०७५
- 0
काठमाडौं । संवैधानिक परिषद्ले संवैधानिक अंगहरुमा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सरकारले विभिन्न आठ संवैधानिक अंगका रिक्त पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी दरखास्त आह्वान गरेको हो । यी निकायमा अध्यक्ष र सदस्य गरी ४० जना आवश्यक छ ।
सार्वजनिक सूचना मार्फत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोगका लागि दरखास्त मागेको छ । यस्तै, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका लागि पनि पदपूर्ति प्रक्रिया अघि बढाउने सरकारको तयारी रहेको छ ।
संविधान जारी भएको झन्डै तीन वर्षपछि सरकारले आयोग गठनको प्रक्रिया अघि बढाएको हो । सबै आयोगमा एक अध्यक्ष र चार सदस्य पद रिक्त छ । महिला र दलित आयोग यसअघि नै गठन भएको थियो । अन्य आयोगहरू भने नयाँ संविधान जारी हुने क्रममा थपिएका हुन् ।
हेर्नुहोस सूचना

0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








