पूर्वाधार बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
- साउन २, २०७५
- 0
नेपाल सरकार, विभिन्न बैंक तथा बित्तीय संस्था र निजी क्षेत्रको समेत लगानीमा स्थापित नेपाल इन्फ्रास्टक्चर बैंकले एकैपटक चारदर्जन बढी कर्मचारी मागेको छ । बैंकले डेपुटी सीइओदेखि असिस्टेन्टसम्मका पदमा दर्जनौ कर्मचारी मागेको हो ।
बैंकले डेपुटी सीइओ एकजना, इञ्जिनियरिङ एण्ड इन्फ्रास्टक्चर फिजिबिलिटी विभाग, फाइनान्सिङ डिपार्टमेन्ट, रिस्क म्यानेजमेन्ट डिपार्टमेन्ट, सेक्रेटरी, ट्रेजरी, फाइनान्स र अपरेसन डिपार्टमेन्ट, इन्भेष्टमेन्ट एण्ड स्टक्चर्ड प्रडक्ट डेभलपमेन्ट डिपार्टमेन्ट, मानव संसाधन तथा प्रशासन विभाग, सूचना प्रविधि विभाग, सिनियर म्यानेजमेन्ट फेलोज, असिस्टेन्टलगायतका पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेद्वारले आगामी अगस्ट १ सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
हेर्नुहोस सूचना

0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








