त्रिपुरेश्वर आगजनी : कीर्तिपुर अस्पतालमा मृतकका आफन्त र प्रहरीको भीड, दुई श्रीमती आए सम्पर्कमा
- अशोज ६, २०८३
- 0
काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ।
मृतकका आफन्तहरू अहिले कीर्तिपुर अस्पताल परिसरमा जम्मा भएका छन् । अस्पताल परिसरमा आवश्यक सुरक्षा व्यवस्थाका लागि प्रहरी टोलीको समेत उपस्थित रहेको छ।
यसअघि प्रहरीले मृतकलाई दावा लामा बताए पनि उनको वास्तविक पहिचान अर्जुन दोङ रहेको खुलेको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का करिब २२ वर्षीय अर्जुनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्जुनका दुई श्रीमती र एक छोरा रहेको पुष्टि भएको छ । उनका परिवारका सदस्यसहित दुवै श्रीमती अहिले अस्पतालमा छन् । अर्जुन सात दाजुभाइमध्ये कान्छा हुन् ।
यसैबीच अर्जुनको मृत्युको विषयलाई लिएर उनका परिवार, आफन्त र यातायात व्यवसायीले कीर्तिपुर बर्न अस्पतालबाहिर प्रदर्शन गरिरहेका छन् । हालसम्म उनको शव अस्पतालबाट निकालिएको छैन ।










