१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)
- अशोज २, २०८३
- 0
काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको हो । सरकारले सिफारिस गरेका नाम संसदीय सुनुवाईका लागि पठाइनेछ ।
संसदीय सुनुवाइपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ। अग्रिमा आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्ने छन्।
कुन देशका लागि को सिफारिस ?
१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — संयुक्तराज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (युके)
५. जिग्यान कुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इसराइल
७. प्राप्ति शेरचन — स्पेन
८. शारू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचल झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया










