प्रधान सेनापति सिग्देल चीन प्रस्थान

news-details

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् ।

उनी चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३-१९ सम्म बेइजिङमा आयोजना हुने १३ औँ ‘बेइजिङ सियाङसान फोरम’ मा समेत सहभागी हुन चीन प्रस्थान गरेका हुन् । उनी एक साता चीनमा बस्नेछन् ।

नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

बेइजिङ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधान सेनापतिको भ्रमण अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया