रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश
- भदौ २६, २०८३
- 0
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोजी तथा उद्धारका लागि खटिएको टोली टनेलभित्र प्रवेश गरेको छ ।
शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर टनेलको प्रवेश क्षेत्रमा थुप्रिएको भग्नावशेष, ढुंगामुढा, कंक्रिट तथा लेदो पन्छाउने काम गरेपछि उद्धार टोली टनेलभित्र प्रवेश गरेको हो ।
उद्धार टोली टनेलभित्र प्रवेश गरेर फसेकाहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने काम अघि बढाइरहेको छ ।
बाढीले थुपारेको बाक्लो लेदो र भग्नावशेष हटाउँदै टनेलतर्फ जाने बाटो खुलाइएको थियो । बाटो खुलेपछि उद्धार टोली टनेलभित्र प्रवेश गरी खोजी कार्य अघि बढाएको हो ।
टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाएर सुरक्षित उद्धार गर्ने उद्देश्यले टोलीले खोजी कार्यलाई निरन्तरता दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







