प्रतिनिधिसभा बैठक आज बस्दै
- भदौ २६, २०८३
- 0
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ । संसद्को दोस्रो अधिवेशनअन्तर्गतको ५३ औँ बैठक सिंहदरवारस्थित संघीय संसद् भवनमा दिनको १ बजे बस्ने तय भएको हो ।
संसद् सचिवालयले जारी गरेको दैनिक कार्यसूचीअनुसार आजको बैठकमा व्यवस्थापन कार्यअन्तर्गत दुई महत्त्वपूर्ण संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत हुनेछ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन् ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







