प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- भदौ १७, २०८३
- 0
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नेछन् ।
उक्त प्राकृतिक विपद्मा ठुलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको र धेरै बेपत्ता भएको घटनाप्रति सभाले शोक व्यक्त गर्नेछ। साथै, घरबारविहीन भएकाहरूको व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्ने कार्यसूची रहेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







