भारतमा भेटियो सातजनाको शव, नेपालबाटै बगेर गएको आशंका
- भदौ १२, २०८३
- 0
काठमाडौं । भारतको सीमावर्ती क्षेत्रमा सातजनाको शव फेला परेको छ ।
उत्तर प्रदेशका महराजगञ्ज र कुशीनगर जिल्लामा गण्डक (नारायणी) नदीबाट सातवटा शव बरामद भएको हो । अधिकारीहरूका अनुसार बरामद शवमध्ये पाँच महिला र दुई पुरुषका छन् ।
ती शव नेपालमा आएको बाढीका क्रममा नदीमा बगेको र तीव्र बहावसँगै भारततर्फ आइपुगेको हुन सक्ने आशंका गरिएको छ । हालसम्म शवको सनाखत हुन सकेको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







