पुनः ताल फुटेपछि भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाब बढ्यो

news-details

काठमाडौं । तिब्बतमा पुनः ताल फुटेपछि भोटेकोशी र त्रिशूलीमा पानीको बहाव बढेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लेदोसहितको बहाव बढेको जानकारी दिँदै नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

थप बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणकी प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामार्फत सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेकी हुन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया