रसुवा बाढी : प्रधानमन्त्रीले बोलाए आपत्कालीन बैठक
उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई तयारी अवस्थामा बस्न आग्रह
- भदौ १०, २०८३
- 0
काठमाडौं । रसुवामा बाढी पहिरोले ठूलो विध्वंस गरेपछि सरकारी संयन्त्रहरू सक्रिय बनेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी एकसाथ परिचालित भएर उद्धारमा जुटेका हुन् ।
विपद् व्यवस्थापन प्राधिकरण पनि सक्रिय बनेको छ । सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको छ ।
तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सीडीओलाई निर्देशन दिइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







