बादल र इन्दिराले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन
- भदौ ८, २०८३
- 0
काठमाडौं । सभामुख डिपी अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा र रास्वपा सांसद इन्दिरा रानामगरले संसद्मा बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
यसअघिको बैठकमा सांसदद्वयले अमर्यादित शब्द प्रयोग गरेका भन्दै सभामुखले हटाउन निर्देशन दिएका हुन् ।
सांसद मगरले ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ शब्द प्रयोग गरेकी थिइन् । यसैगरी, बादलले ’नागरिकहरूको बली’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरू प्रयोग गरेका थिए ।
छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले सदनमा अनावश्यक रूपमा उल्लेख गर्न नहुनेमा सभामुखले ध्यानाकर्षण पनि गराएका छन् ।
सम्बन्धित शीर्षकहरु










