सिभिल अस्पतालमा बिहानैदेखि बिरामीको लामो लाइन (तस्वीरहरुसहित)

news-details

काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा ओपीडी टिकट लिन बिहानैदेखि बिरामीहरुको लामो लाइन लाग्ने गरेको छ ।

बिहान करिब ५ बजेदेखिनै अस्पताल परिसरमा ओपीडी टिकट लिन आउने बिरामी र उनीहरूका आफन्तको भीड देख्न सकिन्छ ।

ओपीडी सेवा लिन आएका सेवाग्राहीहरू टिकट काट्न घण्टौँ पालो कुर्नुपर्ने अवस्था रहेको बताउँछन् ।

बिरामीको चाप बढे पनि टिकट व्यवस्थापन र सेवा प्रवाहमा सुधार आवश्यक रहेको सेवाग्राहीहरूको गुनासो छ । यस्तो दृश्य सिभिल अस्पतालमा मात्र नभई देशभरका अन्य सरकारी अस्पतालहरुमा पनि देखिने गरेको छ । जसले सरकारी स्वास्थ्य सेवामा बढ्दो चापलाई स्पष्ट रुपमा देखाउँछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया