रवि लामिछानेको चीन भ्रमण स्थगित
- भदौ ७, २०८३
- 0
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ ।
भदौ पहिलो साता चीन भ्रमणमा जाने तय भएको भ्रमण तत्कालका लागि स्थगित भएको हो । उनी अब असोज तिर मात्रै चीन जान सक्ने बताइएको छ ।
लामिछानेको भ्रमण स्थगित भएपनि सांसदहरूको एक टोली भने ७ दिनका लागि चीन भ्रमणमा जाने तय भएको छ। बेइजिङमा हुने विकासशील देशका सांसदहरूको ८औँ सेमिनारमा सहभागी हुन पाँच जनाको टोली भोलि भदौ ८ गते चीन जाने भएको हो।
चीन जाने सांसदको टोलीमा सांसद कमल सुवेदी, झक्कु सुवेदी, किरण बाबु श्रेष्ठ, यज्ञबहादुर बोगटी र संघीय संसद्का उपसचिव शारदा भण्डारी रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







