पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अदालतको आदेश

news-details

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको छ ।

उच्च अदालतल ललितपुरका न्यायाधीस अच्युत कुईंकेलको एकल इजलासले श्रेष्ठलाई धरपकड नगर्न आदेश दिएको हो ।

यसअघि सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका श्रेष्ठलाई प्रहरीले फेरि उपसभामुख रूवी कुमारी ठाकुरको उजुरीको आधारमा पक्राउ गर्न कोशिस गरिरहेको थियो ।

श्रेष्ठले दायर गरेको निषेधाज्ञाको निवेदनको अन्तिम टुंगो नलागेसम्म अदालतले पक्राउ नगर्न आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राख्नेलगायतका कार्य नगर्नू, नगराउनू।’

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया