सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

news-details

कैलाली । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले आज उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री भट्टलाई आजै दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया