प्रधानमन्त्री बालेनले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- साउन २५, २०८३
- 0
काठमाडौं । प्रधानमन्त्री बालेन साहले आज दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटवार्ता गर्दैछन् । यसअघि सामूहिक मात्रै भेटवार्ता गर्ने भन्दै अलगअलग छलफल अस्वीकार गर्दै आएका प्रधानमन्त्री साहले आज भने दुई छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री साहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्ने कार्यक्रम छ भने आज दिउँसो नै ३ः०० बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यतालिका रहेको छ ।
गत मार्च २७ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका साहले पदभार ग्रहण गरेको चार महिनापछि यी दुई देशका राजदूतहरूसँग भेट गर्न लागेका हुन् । यसअघि, अप्रिल ८ मा प्रधानमन्त्री साहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता भने गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







