बागमतीका मुख्यमन्त्री बानियाँले ३ भदौभित्र विश्वासको मत लिने
- साउन २३, २०८३
- 0
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी ३ भदौभित्र प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
शनिबार काठमाडौंमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले ३ भदौभित्र विश्वासको मत लिने निर्णय गरेको हो ।
गत ६ साउनदेखि अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले संवैधानिक व्यवस्थाअनुसार ४ भदौभित्र विश्वासको मत लिनुपर्नेछ । त्यसअनुसार कांग्रेस संसदीय दलले एक दिनअगाडि विश्वासको मत लिने निर्णय गरेको हो ।
बैठकले विश्वासको मत लिनुभन्दा एक दिनअघि नै हेटौंडामा उपस्थित हुन प्रदेश सभा सदस्यहरूलाई ह्विप जारी गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







