भदौबाट देशव्यापी निर्णायक आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा

news-details

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षा सुधारका माग पूरा नभएको भन्दै भदौदेखि देशव्यापी निर्णायक आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघले अग्रगामी विद्यालय शिक्षा ऐन जारी, शिक्षामा लगानी वृद्धि, विद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य, अस्थायी तथा करार शिक्षकहरूको पेसागत सुरक्षा, तलब तथा भत्ता वृद्धि, स्थायी शिक्षकको बढुवा, पेन्सन व्यवस्थामा सुधार र शिक्षकमैत्री शिक्षा नियमावली लागू गर्न माग गरेको छ।

महासंघले निजी विद्यालयका शिक्षक–कर्मचारीको सेवा–सुविधा, ट्रेड युनियन अधिकारको सुनिश्चितता तथा शिक्षक पेसाको सम्मान अभिवृद्धिलाई पनि आन्दोलनका प्रमुख एजेन्डा बनाएको छ। आन्दोलनको विस्तृत कार्यक्रम र मिति भने पछि सार्वजनिक गरिने जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया