आज साउन महिनाको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो

news-details

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् । आज वर्षातका बीच पनि पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्ने भक्तजनहरूको घुइँचो लागेको छ । बिहानैदेखि परेको पानीको प्रवाह नगरी भक्तजनहरू छाता ओढेरै भएपनि मन्दिर पुगेर भगवान् शिवको पुजा आराधना गरेका छन् ।

हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने तेस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् । साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ ।

साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया