गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच समझदारी, आन्दोलनका कार्यक्रम स्थगित
- साउन १७, २०८३
- 0
जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच समझदारी भएको छ ।
हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार यसअघि पेश गरिएका १३ बुँदे मागमा थप केही विषय समेटेर कुल १९ बुँदे प्रस्ताव सरकारसमक्ष बुझाइएको छ । ती मागलाई सरकारले सकारात्मक रूपमा लिएको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी बनेको उनले बताए ।
त्यस्तै सरकारी पक्षबाट माग पूरा हुने आश्वस्त भएपछि सबै प्रकारका आन्दोलन र विरोधका कार्यक्रमहरू सेनाले फिर्ता लिएको छ ।
त्यस्तै हिजो जिल्ला प्रशासन कार्यालयका सभा हलमा सरकारले प्राप्त गरेको १३ बुँदे र आज बुझेको ६ बुँदे मागपत्र गृहमन्त्री गुरुङले सरकारको तर्फबाट ग्रहण गरेको बताएका छन् ।
सम्बन्धित शीर्षकहरु










