देशबासीका नाममा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री बालेन शाह
- साउन १४, २०८३
- 0
सुनसरी, सिरहा लगायत पूर्वी जिल्लाहरूमा बढ्दो तनावबीच प्रधानमन्त्री बालेन शाहले देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।
बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालय स्रोतले जानकारी दियो।
प्रधानमन्त्रीले साँझ कति बजे सम्बोधन गर्ने भन्ने यकिन भइसकेको छैन।
आज अपराह्न प्रधानमन्त्री शाहसँग भेटपछि गृहमन्त्री सुधन गुरूङ सुनसरी जाँदैछन्।
यसबीच प्रधानमन्त्री सचिवालयले आफ्नो ह्वाट्स ग्रुपमार्फत् आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको आधिकारिक जानकारी दिएको छ।
मुलुकमा भइरहेका पछिल्ला घटनाक्रम, समसामयिक विषय लगायतबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने सचिवालयले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







