सिंहदरबारमा सुरक्षा परिषद् बैठक

news-details

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा सुनसरी लगायत विभिन्न स्थानमा फैलिएको जातीय झडप लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया