आजदेखि विद्युतीय राहदानी सेवा दुई सिफ्टमा वितरण, शनिबार पनि पाइने

news-details

काठमाडौँ । दक्षिण कोरियाको ईपीएस आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ।

आजदेखि साउन २२ गतेसम्म पहिलो सिफ्ट बिहान ७ देखि २ बजे र दोस्रो सिफ्ट दिउँसो २ देखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

सेवाग्राहीको सहजताका लागि शनिबार र सार्वजनिक बिदाका दिनसमेत बिहान १० देखि बेलुकी ४ बजेसम्म सेवा उपलब्ध गराइने भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया