माइतीघरको डुबान समस्या समाधान गर्न ढल निकास फराकिलो बनाइँदै
- साउन १३, २०८३
- 0
काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षातको समयमा माइतीघर क्षेत्रमा डुबान हुने समस्या समाधानका लागि ढल निकासलाई फराकिलो बनाउन सुरु गरेको छ ।
केहीबेरको वर्षाले समेत माइतीघर क्षेत्र डुबान हुने गरेपछि महानगरले वडा नम्बर ११ स्थित सो क्षेत्रको डुबान समस्या समाधानका लागि निकासमाथि निर्माण भएका संरचनाहरू हटाउन थालेको हो ।
काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले निकासको अवरोध हटाउँदै ढल निकासलाई फराकिलो बनाएपछि डुबानको समस्या समाधान हुने बताए ।
उनले प्राविधिक समितिले समस्या पहिचान गरी प्रतिवेदन पेश गरेपछि सोही आधारमा समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए ।
पानी बग्ने बहाव क्षेत्रका केही स्थानहरू ब्लक भएका कारण डुबानको समस्या उत्पन्न भएको उनले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







