रवि लामिछाने र राष्ट्रपति पौडेलबीच भेटवार्ता

news-details

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेट भएको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

सो क्रममा सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया