सुनसरी घटनाबारे सर्वदलीय बैठकले गर्‍यो सातबुँदे संयुक्त अपिल (पूर्ण पाठ)

news-details

सुनसरी घटनामा दलहरूले सामाजिक सद्भाव कायम राख्न सातबुँदे अपिल गरेका छन् । आज बिहान रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बसेको थियो ।

बैठकपछि दलहरूले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित संवेदनशील तथा दुःखद घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र निष्पक्ष छानबिनको मागसहित संयुक्त वक्तव्य अपिल जारी गरेका हुन् ।

संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परालाई कायम राख्न सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरिएको छ । सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधि तथा उत्तेजनामा नलाग्न अपिल गर्दै आवेग र मुठभेडले समस्या समाधान नगरी थप जटिलता निम्त्याउने उल्लेख गरिएको छ ।

बैठकले लोकतान्त्रिक व्यवस्थामा सबै प्रकारका असन्तुष्टि र विवादको समाधान शान्तिपूर्ण संवाद र सहमतिमार्फत मात्र सम्भव हुने उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई आफ्ना माग शान्तिपूर्ण रूपमा प्रस्तुत गर्न आग्रह गरेको छ ।

सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न, संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग समन्वय गरी विश्वासको वातावरण निर्माण गर्न निर्देशनसमेत दिइएको छ ।

यसैगरी, यस्ता संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन राजनीतिक दलहरूको केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया