लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै
- साउन १०, २०८३
- 0
रुपन्देही । लुम्बिनी सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । एमाले-नेकपाबीच भएको सहमतिपश्चात कांग्रेसले आजै सरकारमाथिको समर्थन फिर्ता लिएर राजीनामा दिन लागेको हो ।
यहाँ कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार छन् ।
मन्त्री राणाले आजै राजीनामा दिने र समर्थन फिर्ता लिने तयारी भएको बताए ।
‘आज नै मार्ग प्रशस्त गर्छौँ, समर्थन पनि फिर्ता हुन्छ, हामी प्रतिपक्षमा बस्ने हो’ उनले भने ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







