भ्रष्टाचार मुद्दामा सुनिल पौडेललाई साढे ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिबाना

news-details

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद सजाय सुनाएको छ। अदालतले पौडेलसँगै अभियुक्त दीपक आनन्दलाई पनि जरिबाना तथा अन्य आर्थिक दायित्व तोकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितका प्रतिवादीले ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले अभियुक्तहरूलाई कसुरदार ठहर गरे पनि अख्तियारले दाबी गरेको सम्पूर्ण रकम घुसका रूपमा बरामद भएको वा उक्त रकम कहाँ राखिएको भन्ने पर्याप्त प्रमाण नदेखिएको उल्लेख गरेको छ।

यद्यपि, मुद्दाको प्रकृति, अभियुक्तहरूको संलग्नता तथा जिम्मेवारीलाई आधार मान्दै अदालतले सुनिल पौडेल र दीपक आनन्दलाई बिगोको आधारमा दामासाही हुने गरी जनही १ करोड ५४ लाख २५ हजार २ सय रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ।

यसका अतिरिक्त दुवै अभियुक्तबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ पीडित संरक्षण कोषमा जम्मा गराउन पनि अदालतले आदेश दिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया